काठमाडौं महानगरकी उपमयेरमाथि आक्रमणको प्रयास

१४ बैशाख २०७६, शनिबार १५:०८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १४ बैशाख । काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि आक्रमणको प्रयास भएको छ । महानगरपालिले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् ।

व्यवसायीले उपमेयर खड्गी केही हप्ताअघि मात्रै आएर निर्माणधिन अवस्थामा रहेका सटरको अवलोकन गर्न आएको समेत खुलासा गरेका छन् । उपमेयरमाथि आक्रोशित हुँदै आक्रमणमा उत्रिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खुलामञ्च अतिक्रमणको विषयमा चौतर्फी आलोचना भएपछि काठमाडौँ महानगरले शनिबार दिउँसो ठेकेदारले नियम विपरित बनाएका ५२ वटा सटर डोजर परिचालन गरेर भत्काएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका