भारतीय प्रधानमन्त्री मोदीद्धारा निर्वाचन आयोगमा सम्पत्ति विवरण पेश

१४ बैशाख २०७६, शनिबार १४:२० मा प्रकाशित

भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति कति ?
दिल्ली, १४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पत्ति रहेको विवरण बुझाएका छन् । मोदीले आफूसँग चल–अचल सम्पति २ करोड ५१ लाख ३६ जार १ सय १९ रुपैयाँ रहेको भन्दै सम्पत्ति विवरण बुझाएका हुन् । भारतीय निर्वाचन आयोगमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत र ३८ हजार ७ सय ५० नगदसहित साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका हुन् ।

मोदीले सन् १९६७ मा गुजरात बोर्डबाट एसएससी परीक्षा उत्तीर्ण गरेको, १९७८ मा दिल्ली विश्वविद्यालयबाट कलामा स्नातक गरेको र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए पास गरेको उल्लेख गरेका छन् ।

सम्पत्ति विवरणमा प्रधानमन्त्री मोदीले १.४१ करोड बराबरको चल सम्पत्ति तथा १.१ करोड बराबरको अचल सम्पत्ति रहेको उल्लेख गरेका छन् । उनले टैक्स सेभिङ इन्फ्रा ब्रान्डमा २० हजार, राष्ट्रिय बचत प्रमाणपत्र ७.६१ लाख तथा एलआईसी पोलीसीमा १.९ लाख रुपयाँ लगानी रहेको उल्लेख गरेका छन् ।

उनको बचत खातामा बाँकी ४ हजार १ सय ४३ रुपैयाँ छ । उनीसँग ४५ ग्राम तौलका सुनका चार औठी रहेको उल्लेख छ । यसको मूल्य १.१३ लाख बराबर पर्छ । उनीसँग गान्धीनगरको सेक्टर १ मा ३ हजार ५ सय ३१ वर्ग फिट जग्गा छ । विवरणअनुसार यसको अनुमानित मुल्य १.१ करोड मानिएको छ । जसमा उनको जग्गामा भएको घर पनि सामेल छ ।

उनले सरकारी तलब र बैकबाट प्राप्त ब्याजलाई आयस्रोतका रुपमा उल्लेख गरेका छन् । उनले बुझाएको विवरणमा पत्नी जशोदाबेनको आयस्रोत र पेशा भने उल्लेख छैन । उले आफूले कुनै सरकारी रकम तिर्न बाँकी नरहेको पनि दाबी गरेका छन् ।

सन २०१४ मा मोदीले बुझाएको विवरणमा उनको कुल सम्पत्ति १.६५ करोड उल्लेख थियो । तर अहिले उक्त सम्पत्ति करिब १ करोडले बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण