चितवनमा ब्रोइलरको अभाव

१७ श्रावण २०६९, बुधबार १६:१२ मा प्रकाशित

चितवन, १७ साउन । माग भन्दा दोब्बर ब्रोइलर कुखुरा उत्पादन गर्दै आएको चितवन पछिल्लो समय ब्रोइलर कुखुराका लागि बाहिरी जिल्लाको भर पर्न बाध्य बनेको छ । चितवन पोल्ट्री व्यवसायीहरुले दिएको जानकारी अनुसार यतिबेला चितवनलाई नै चाहिनेभन्दा आधामात्रै ब्रोइलर कुखुरा उत्पादन भइरहेका छन्।

नारायणगढ बेलचोकमा मासु पसल सञ्चालन गरेका नवलपरासी गैंडाकोटका दीपक पाण्डेले भने, प्रायजसो छिमेकबाटै ब्रोइलर कुखुरा ल्याउँथे तर, अहिले उनको पसलमा सिन्धुपाल्चोक, नुवाकोटका कुखुरा आउन थालेका छन् ।
नेपाल पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष टीका पोखरेल पनि जिल्लामा मासुका लागि पालिने ब्रोइलर कुखुराको अभाव भएको स्वीकार्छन्। ‘चितवनमा कुखुराको मासु दैनिक १० टन खपत हुन्छ । अहिले यहाँको उत्पादनले आधा पनि धान्न मुस्किल छ,’ उनले भने। चितवनमा वैशाखदेखि उत्पादन कम भएको उनले बताए।
पोखरेलका अनुसार वैशाखअघि चितवनका ब्रोइलरबाट दैनिक ३० टन मासु उत्पादन गर्न सकिन्थ्यो। यहाँको माग १० टन मात्रै रहेका हुँदा बाँकी कुखुरा काठमाडौं जान्थे। तर यहीले काठमाडौं, धादिङ, नुवाकोट र त्यस आसपासका क्षेत्रबाट मात्रै होइन सुदूरपश्चिमको दार्चुला डढेल्धुराबाट पनि कुखुरा ल्याउनुपरेको छ,’ पोखरेलले भने।
चैत वैशाखमा जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकेजी सय रुपैयाँ र त्योभन्दा पनि कम पाउन थालेपछि किसानले ब्रोइलरका नयाँ चल्ला नहाल्दा अहिले अभाव सिर्जना भएको हो। अहिले यो मूल्यमा सुधार भएको छ। ब्रोइलर पाल्ने किसानले जिउँदो कुखुराको मूल्य प्रतिकेजी १६० रुपैयाँसम्म पाउन थालेको छ।
ुपहिला किसानले जुन मूल्य पाउँथे त्यसले घाटा खानुपरेको थियो। त्यसैले उनीहरुले चल्ला हालेनन्। अहिले मूल्यमा सुधार आएपछि फेरि पाल्न थालेका छन्’ पोखरेलले भने। पाल्न थालेको ४५ दिनपछि ब्रोइलर कुखुरा खानयोग्य हुन्छ। त्यसैले अबको १०/१५ दिनपछि चितवनलाई पुग्दो मात्रामा ब्रोइलर उत्पादन हुने र भदौ लगत्तै पहिलाको अवस्थामा फर्कने उनले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द