‘आन्तरिक पर्यटन मेला’ सुरु, २ लाखले अवलोकन गर्ने अपेक्षा

१३ बैशाख २०७६, शुक्रबार १८:३९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ बैशाख । काठमाडौंमा ‘आन्तरिक पर्यटन मेला’ सुरु भएको छ । भृकुटीमण्डवमा सुरु भएको मेलामा १ सय ११ वटा व्यवसायिक तथा फुड स्टलहरु राखिएका छन् । 

‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको मेलामा देशका ७७ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी स्टलहरु राखिएको आयोजकले जनाएको छ । मेलामा पर्यटन क्षेत्रका सेवा प्रदायक संस्थाहरु टे«किङ, ट्राभल्स, एयरलाईन्स, होमस्टे, पर्यटन विषय पढाई हुने कलेजलगायतका प्रर्दशनीहरु  राखिएका छन् । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा २ लाख बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले मेलाको आयोजना गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी