सरकारी लक्ष्य अनुसार आर्थिक वृद्धिदर नहुने तथ्यांक विभागको प्रक्षेपण

१३ बैशाख २०७६, शुक्रबार १८:१९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ बैशाख । केन्द्रिय तथ्याङक विभागले नेपालको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । सरकाले बजेटमा ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएकोमा त्यसलाई संशोधन गर्दै ७ प्रतिशत माथिको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर तथ्याङक विभागले भने सरकारको लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने प्रतिवेदन प्रकाशित गरेको हो ।

गत आर्थिक वर्षमा ६.३ प्रतिशत र आर्थिक वर्ष २०७३÷७४ मा ७.७४ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो । विभागले शुक्रबार प्रकाशित गरेको तथ्याङकमा नेपालको अर्थतन्त्रकोे आकार आर्थिक वर्षको अन्त्यमा आधार मूल्यअनुसार २९ खर्ब २१ अर्ब रूपैयाँको हुने प्रक्षेपण गरेको छ ।

प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर बाट बढेर १०३४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । नेपाल रुपैयाँमा भने प्रतिव्यक्ति आय १ लाख १७ हजार ४ सय ५५ रुपैयाँ पुग्ने विभागको अनुमान छ । यसअघि अन्तराष्ट्रिय मुद्रा कोषले नेपालको आर्थिक वृद्धि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । चालू वर्षमा कृषि क्षेत्रको आर्थिक वृद्धि ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत हुने विभागको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

लण्डन । गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको