खुलामञ्चको जग्गा प्रकरणः मेयर शाक्य भन्छन्,‘उपमेयरले राजनीति गरिन्’

१३ बैशाख २०७६, शुक्रबार १७:१५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ बैशाख । खुलामञ्चको सार्वजनिक जग्गा प्रकरणमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीले राजनिति गरेको आरोप लगाएका छन् । खुलामञ्चमा अनाधिकृत रुपले सटरको विषयमा सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मेयर शाक्यले उपमेयरले राजनीति गरेको आरोप लगाएका हुन् ।

खुलामञ्चमा बसपार्क राख्न दिएको सम्झौता भन्दा विपरीत गएर बनाइका नयाँ संरचनाको छानबिन गरि त्यसको रिपोर्ट पेश गर्न उपमेयर खड्गीलाई गत चैत २४ गते निर्देशन दिएकोमा उपमेयरले हाल सम्म रिर्पोट पेश नगरेको मेयरको दाबी छ । प्रचलित कानुनले महानगरपालिका भित्रका अनाधिकृत निर्माण अनुगमनको अधिकार उपमेयरलाई दिएको छ ।

छानबिनको आदेश दिइ पटक पटक ताकेता गर्दा समेत उप मेयरले बेवास्ता गरेको शाक्यको आरोप छ । मेयर शाक्यले उपमेयरले जिम्मेवारी बिर्सेर कांग्रेस कार्यकर्ताको तहमा मिडियाबाजी गर्न थालेपछि छानबिन प्रतिको उदासिनतालाई बाहिर ल्याउन आफु बाध्य भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१