गाडी चढ्ने यात्रुका लागि नयाँ नियम, पालना नगरे हजार रुपैयाँसम्म जरिवाना

१३ बैशाख २०७६, शुक्रबार १४:५० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ बैशाख । काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले पालना गर्नुपर्ने नियम बनाएको छ । महानगरले बनाएको लागू गरेको नियम पालना नगर्ने यात्रुले आर्थिक तथा कानुनी सजाय भोगनुपर्नेछ ।

महानगरले यातायातमा सर्बसाधरणको सहज र सुविधाजनक पहुँच सुनिश्चित गर्ने उद्देश्यले सवारी तथा यातायात ब्यबस्थापन बिधेयक २०७५ जारि गरेको छ । महानगरले यस ऐन अन्तर्गत यात्रुले पालना गर्नुपर्ने नियमबारे व्यवस्था गरेको हो । ऐनमा केहि संसोधन गरी महानगरले पारित गरेको छ ।

सार्बजनिक यातायात सन्चालन गर्ने कम्पनी, चालक, सह चालक , यात्रुले निर्वाह गर्नुपर्ने दायित्व, कसुर बमोजिमको सजाय बारे उक्त ऐनमा ब्यबस्था छ ।

ऐनमा सार्वजनिक यातायातमा यात्रुहरुले अनिवार्य रुपमा टिकट लिनुपर्ने , कागजी टिकटलाई विद्युतिय टिकटले बिस्थापन गर्नुपर्ने , बालबालिका, अपाङग, जेष्ठ नागरिकलाइ परिचय पत्रको आधारमा सहुलियत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । साथै तोकिएको स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने, चालक र सह चालकले सवारि चलाउँदा अनिवार्य पोशाक लगाउनुपर्ने उल्लेख छ । ऐन अनुरुप यातायातमा सवार यात्रुले गुनासो गर्न पाउने ब्यबस्था गर्ने , प्राथमिक उपचार सामग्री, फोहोर फाल्ने भाँडो, अग्नि नियन्त्रक उपकरण अनिवार्य रुपमा राख्नुपर्ने छ । यदि तोकिएको नियम पालना नगरे कसुर अनुसार १ हजार रुपैयाँ तथा कानुनि कारवाहि गरिनेछ ।

महानगरले सबै वार्डका जनप्रतिनिधि, महानगरिय ट्राफिक प्रहरीको आधिकारिक ब्यक्ती , सार्वजनिक यातायात सेवा प्रदायक संस्थाको प्रतिनिधि उपभोक्ता हित संरक्षण संस्थाको प्रतिनिधि सम्मिलित अनुगमन समिति बनाउनेछ । उक्त समितिले कसुर अनुसार कारबाही गर्नेछ । कारबाहीको प्रक्रिया ब्यबस्थित बनाउन सवारी साधनमा सिसि क्यामरा जडान गरिनेछ ।

महानगरले यस कार्यलाइ कसरि ब्यबस्थित बनाउने भन्ने बिषयमा छलफल गरिरहेको छ । सार्बजनिक यातायातमा हुने यस किसिमका गतिबिधि रोक्नको लागि यो ऐन बनाइएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत