अमेरिकी पूर्व उपराष्ट्रपतिद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

१२ बैशाख २०७६, बिहीबार २३:२३ मा प्रकाशित

वासिङ्टन, १२ बैशाख (एएफपी)। अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याटतर्फका उहाँ एक शसक्त नेता मानिनुहुन्छ ।

अत्यन्त अनुभवी र चिरपरिचित तथा लोकप्रिय ७६ बर्षीय नेता विदेन पछिल्ला मत सर्वेक्षणहरुमा पनि अगाडि देखिनुभएको छ ।

ट्वीटरमार्फत् साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दै उहाँले आधारभूत रुपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको बताउनु भएको छ ।

“देशको खास महत्व, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयहरूले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,” उहाँले ट्वीटरमा लेख्नुभएको छ ।

“त्यसैले मैले अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको हुँ,” उहाँले थप स्पष्ट पार्दै लेख्नुभएको छ ।

अमेरिकाको राजनीतिमा झण्डै आधा दशक सक्रिय रहनुभएका विदेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन आह्वान गर्नुभएको छ ।

उहाँले पूर्व राष्ट्रपति वाराक ओवामाको कार्यकालमा आठ बर्षसम्म उपराष्ट्रपति भएर काम गर्नुभएको थियो ।

आउँदो निर्वाचनका लागि अमेरिकामा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी पूर्व विदेश मन्त्री कोलिन पावेलको कोरोनाबाट निधन भएको छ । अमेरिकामा अक्टोवर १८ तारिकका दिन ८४ बर्षको उमेरमा उन्को

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको

वासिङटन । अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताई र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच वासिङ्टनले आफूमाथि अन्याय मानेका चिनियाँ व्यावसायिक अभ्यासबारे छलफल

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । दुई देशका नेताबीच यसै