कर्णाली प्रिमियर लिग–२ : कर्णाली–११ विजयी

१२ बैशाख २०७६, बिहीबार २३:२० मा प्रकाशित

वीरेन्द्रनगर, १२ वैशाख । कर्णाली प्रिमियर लिग सिजन–२ (केपिएल–२) आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई हराउँदै घरेलु टोली कर्णाली–११ विजयी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कालीञ्चोक किक्रेट मैदानमा भएको खेलमा लालीगुराँसलाई आठ विकेटले हराउँदै कर्णाली–११ ले विजयी भएको हो । एक सय दुई रनको लक्ष्य पाएको कर्णालीले कप्तान रवीन्द्रजङ्ग शाहीको अविजित ४५ रनसँगै १४ दशमलव २ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । टस जितेर ब्याटिङ गरेको लालीगुराँसले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो । लालीगुराँसका लागि रोनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाए । बलिङ्तर्फ कर्णाली–११ का किशोर महतोले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । यस्तै दिवान पुनले ३ र जितेन्द्रसिंह ठकुरीले २ विकेट लिए ।

लिगअन्तर्गत शुक्रबार न्यू होराइजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमीबीच तथा विभागीय टोली आर्मी क्लब र लालीगुराँस क्रिकेट एकेडमीबीच प्रतिस्पर्धा हुनेछ । यही वैशाख २१ गतेसम्म चल्ने उक्त प्रतियोगितामा दुई विभागीयसहित आठ टोली सहभागी छन् । ‘लिग–कम नकआउट’का आधारमा खेलाइने प्रतियोगितमा सहभागीमध्ये शिर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । कर्णाली प्रिमियर लिगको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख पुरस्कर पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले रु २०-२० हजार पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति