बिआरआईमा नेपाललाई संलग्न गराउनका लागि भूमिका खेल्न राष्ट्रपतिसँग अनुरोध

१२ बैशाख २०७६, बिहीबार २३:०६ मा प्रकाशित

सुरेन्द्रबहादुर नेपाली, सियान, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार उहाँ रहनुभएको सोफिटेल लिजेन्ड पिपल्स ग्राण्ड होटेलमा सियानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको एक समूहले भेट गरेको छ । भेटका क्रममा विद्यार्थीले आफ्ना अनुभव र भोगेका समस्या बताए । उनीहरुले राष्ट्रपति भण्डारीलाई ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा नेपाललाई पनि संलग्न गराउन भूमिका खेल्न अनुरोध गर्दै त्यसबाट स्वास्थ्य तथा आधारभूत पूर्वाधारमा पुग्ने सहयोगका विषयमा जानकारी गराए ।

राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा आजै सान्सी प्रान्तको केन्द्र सियानबाट बेइजिङका लागि प्रस्थान गर्नुभयो । उहाँलाई सियानयाङ अन्तरराष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका अधिकारीले बिदाइ गर्नुभयो ।

मणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल’ कोअपरेशन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च) मा सहभागी हुनुहुनेछ । उहाँले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल तथा निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुभएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

तनहुँ । कात्तिकको सुरुवातसँगै भएको बेमौसमी वर्षा तनहुँमा शनिबारदेखि रोकिएको छ । सोमबारदेखि बल्ल घाम लाग्न सुरु भए पनि मौसम

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार