एनसेलबाट तत्काल पैसा नउठाउनुः सर्वोच्च

१२ बैशाख २०७६, बिहीबार १८:०१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १२ बैशाख । सर्वोच्च अदालतले एनसेलसंग कर उठाउने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन आदेश दिएको छ । एनसेलको तर्फबाट कानुन अधिकृत रमेश घिमिरेले दायर गरेको रिटमा अदालतले दुवै पक्षसंग छलफल नगर्दा सम्म प्रक्रिया अगाडी नबढाउन आदेश दिएको हो ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले ७ दिनभित्र लाभकर बुझाउन एनसेललाई काटेको पत्रबारे ठूला करदाता कार्यालयसँग लिखित जवाफ मागेको छ। इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे भने सर्वोच्चले २४ वैशाखमा दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

सर्वोच्च अदालतले नै कर तिर्न आदेश दिएपछि ठुला करदाता कार्यालयले सात दिन भित्र एनसेललाई ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ लाभकर तिर्न पत्राचार गरेको थियो । जसमा एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर तिर्नु पर्ने उल्लेख थियो । तर एनसेलले भने कर तिर्ने दिइएको समय सकिन १ दिन अघि मात्र अदालतमा ठुला करदाता कार्यालयले निर्धारण गरेको कर गैर कानुनी बह्न्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको