पुनर्निर्माणमा खटिएका इन्जिनियरद्धारा सामूहिक राजीनामा

१२ बैशाख २०७६, बिहीबार १७:५० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १२ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् । भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले आफूहरुको सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएका हुन् ।

४ वर्ष अघि आजकै दिन भूकम्प गएको स्मृतिमा पुनर्निर्माणका इन्जिनियरहरुले सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै काठमाण्डौमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका छन् ।

नौ महिनासम्म पनि सरकारले आफूहरुको माग सुनुवाई नगरेबमे भन्दै ३२ जिल्लामा पुनर्निर्माणमा खटिएका इन्निनियरहरुले राजीनामा दिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिए ।

राजीनामा बुझाएका इन्जिनियरहरुले सरकारले आफूहरुका माग सम्बोधन गरे पुनर्निर्माणको काममा फर्कने बताएका छन् । प्राधिकरण मातहत १५ सय इन्जिनियर कार्यरत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार