बाँकी पुननिर्माणको काम २० महिना भित्र सक्न प्रधानमन्त्रीको निर्देशन

१२ बैशाख २०७६, बिहीबार १५:४९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई तोकिएको समयभित्रै भूकम्पपछिको पुनर्निर्माणको सम्पन्न गर्न निर्देशन दिएका छन् । बाँकी रहेको पुननिर्माणको काम २० महिना भित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन दिँदै प्रधानमन्त्रीले नागरिकलाई भूकम्पीय जोखिमबाट निराश नहुन आग्रह गरेका छन् ।

चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा काठमाडौंको बसन्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा भूकम्पीय जोखिम भएकै कारण भूकम्प प्रतिरोधि घर निर्माणका लागि सरकारले आवश्यक मापदण्ड तयार पारेको बताए ।

उनले पूरानै शैलीबाट सम्पदाहरुको पुनर्निर्माण गर्न आग्रह गरे । विगतका भन्दा अझ आर्कषक र आधुनिक ढंगले सम्पदाहरुको पुनर्निर्माणलाई तीव्रता दिइएको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूराना सम्पदाहरुको संरक्षण हुने गरी ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा भएका बस्तीहरुको पुनर्निर्माणको लागि गुरुयोजना पनि तय गरिएको जानकारी दिए ।

उनले सम्पदाहरुको संरक्षणमा स्थानीय सरकार पनि अग्रसर हुने गरी गुरु योजना तय गरिएकाले हाम्रा सम्पदाहरुको संरक्षण हुँदैनकी भन्ने शंका नगर्न आग्रह गर्दै विश्वमै उदाहरणीय हुने गरी पुनर्निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बारले उठाउँदै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार नेपाल बारका पदाधिकारीसँग

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा नेपाली कांग्रेसका सांसदले ‘फ्लोर

आजको प्रमुख समाचार