भारतमा टिक–टकमाथिको प्रतिबन्ध हट्यो

१२ बैशाख २०७६, बिहीबार १३:२९ मा प्रकाशित

एजेन्सी, १२ बैशाख । भारतको मद्रास उच्च अदालतले ‘टिकटक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । उच्च अदालतले बुधबार चिनियाँ भिडियो सेयरिङ एप टिक–टकमाथि लगाइएको प्रतिवन्धविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै यस्तो निर्णय सुनाएको हो ।

टिक–टकले भारतमा एक अर्ब डलरसम्म लगानी गर्ने तयारी गरिरहेको जनाएको छ ।

टिक–टकमा ‘पोर्नोग्राफी’ सामग्री समावेश गरिएको भन्दै मद्रास उच्च अदालतले प्रतिवन्ध लगाएपछि प्रयोगकर्ताहरुले यो एप डाउनलोड गर्न सकिरहेका थिएनन् । प्रतिवन्धपछि अप्रिल १७ मा टिक–टक भारतमा गुगल प्ले स्टोर र ऐपल ऐप स्टोरबाट हटाइएको थियो ।

साना–साना भिडियो सेयर गर्ने टिकटक विश्वभर लोकप्रिय छ । एनालिटिक्स फर्म सेन्सर टावरका अनुसार भारतमा मात्रै झण्डै तीन करोड प्रयोगकर्ताहरुले टिकटक एप डाउनलोड गरेका छन् । विश्वभर यसका एक अर्ब प्रयोगकर्ताहरु रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।