निर्वाचनको मिति सार्ने सरकारको तयारी, चैतमा निर्वाचन : मन्त्री रायमाझी

१७ श्रावण २०६९, बुधबार १५:४५ मा प्रकाशित

काठमाडौ, १७ साउन । शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले दलहरुवीच सहमति बन्न नसके पनि सरकारले अगामि चैत्रमा गर्ने गरी संविधानसभाको अर्को निर्वाचनको मिति तोक्ने घोषणा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले दलहरुवीच सहमति नभएसम्म निर्वाचन हुन नसक्ने भए पनि सरकारले नियमित प्रक्रिया अन्र्तगत आगामि चैत्र र त्यसमा पनि हुन नसके फेरि मंसिरमा निर्वाचनको घोषणा गर्ने तयारी गरिरहेको बताए । त्यसकोलागी सत्तारुढ गठबन्धन दलहरुवीच सहमतिसमेत भईसकेको खुलासा उनले गरे । उनले भने–दलहरुवीच सहमति बनेपछि अर्को संविधानसभाको निर्वाचन हुन्छ । यो मंसिर ७ मा नभए आगामि चैत ७ मा हुन्छ त्यसमा पनि नभए अर्को मंसिर ७ मा हुन्छ । सरकारले निर्वाचनको मिति घोषणा गरिरहन्छ ।
मन्त्री रायमाझीले संविधानका विवादित विषय र के को निर्वाचन गर्ने भन्ने विषयमा सहमति नगरेसम्म माओवादीले सरकार नछाड्ने स्पष्ट पार्दै विना निकास र सहमति सरकार छाडेर नभाग्ने बताए ।
उनले भने–पहिला एजेण्डामा सहमति गरौ त्यसपछि सरकारको नेतृत्वको विषयमा सहमति गरौ । निकासको एजेण्डामा सहमति नभई सरकार छाड्दैनौ ।
उनले विपक्षी दलहरुले प्रधानमन्त्रीको राजिनामा मागेको विषय समेत संविधानसम्मत नभएको दावी गर्दै राजिनामाको कुरा गरेर विपक्षी दलहरुले पुरानै ब्यवस्था फर्काउने षडयन्त्र गरेको आशंका ब्यक्त गरे ।
संविधानसभा विघठन गराउने र राष्ट्रपतिलाई राजा बनाउने काग्रेसको सोचलाई परास्त गर्न सरकारले निर्वाचनको घोषणा गरेको दावी गर्दै निर्वाचनको विकल्प नभएको स्पष्टपारे ।
जनयूद्धको दौरान सहयोगकालागी माओवादीले भारतसहित विभिन्न देशलाई आग्रह सहितको पत्र पठाएको भए पनि एसडी मुनीको नामबाट आए जस्तो भारतका स्वार्थलाई सम्बोधन गर्न तयार रहेको भन्ने कुरा सहित नभएको मन्त्री रायमाझीले तर्क गरे ।
उनले भने–हामि कसैसँग दुस्मनी गर्न चाहदैनौ । हामि भारत विरोधी पनि होईनौ तर बाहिर आए जस्तो कुनै लिखित पत्र माओवादीले भारतलाई लेखेको छैन । तर पनि यो मुद्दाको विषयमा समिक्षा हुनै पर्छ । के भएको भन्ने विषयमा ।
उनले बाहिर आए जस्तो नेपालका एयरपोर्टहरुको ब्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई सरकारले दिन लागेका भन्दै कुराको पनि खण्डन गर्दै त्यस्तो कुनै निर्णय नभएको स्पष्टपारे ।
नेपाली काग्रेस प्रचार विभाग प्रमुख डा मिनेन्द्र रिजालले पदमुक्त भईसकेका प्रधानमन्त्रीसँग सहमतिको आशा काग्रेसले नगरेको भन्दै काग्रेसले पूर्ण तयारी सहित भदौबाटै सरकार विरुद्ध भिषण आन्दोलन थाल्ने चेतावनी दिए।
उनले माओवादीबाट वार्ताको नाममा धेरै धोका काग्रेसले पाईसकेको स्पष्ट पार्दै अब सम्बादमा नअल्मलिकन दशै अघिनै सबै मुद्दालाई छिनोफाने गर्ने गरी आन्दोलन गर्ने बताए ।
डा रिजालले भने–बार्ताको नाममा धेरै धोका पायो अब बार्ता  र आन्दोलनको तयारीलाई सँगसँगै अगाडि बढाउँछौ । बार्तामा मात्रै अल्मल्एिर बस्दैनौ ।
उनले निश्चित समयसम्म संविधानसभाको काम पनि गर्ने गरी संसदको निर्वाचन गर्ने म्याण्डेड सभापतिहरुको भेलाले काग्रेसलाई दिएको भन्दै अब विपक्षी गठबन्धनसँग छलफल गरेर भावी रणनीति तय गरेर अगाडि बढ्ने स्पष्ट पारे ।
रिजाले अन्य दलहरुले भने जस्तो काग्रेस सहमति विना प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर भित्ते प्रधानमन्त्री बनाउने शोचमा नरहेको भन्दै सहमति नभइकन उमेदवार घोषणा नगर्ने स्पष्ट पारे ।
नेपालको हरेक आन्दोलनमा भारतको समर्थन रहेको र भारतको सहयोग समेत आवश्यक रहे पनि नेपालमा आन्दोलन गर्ने कुरा विशुद्ध नेपाली जनता र यहाँका राजनीतिक दलहरुको भएको भन्दै भारतीय प्राज्ञ एसडी मुनीको भनाईतर्फ लक्षित गरेर भने–भारतको निर्णयले नेपालमा आन्दोलन गर्ने होईन । हाम्रोलागी हामिले नै निर्णय गर्ने हो तर  छिमेकी मुलुकको सदभाव चाही चाहिन्छ ।
साक्षात्कारमा नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले वार्ता र छलफलको माध्यमबाटै निकास खोज्ने प्रतिपक्षीदलहरुको प्रयासलाई प्रधानमन्त्रीले कमजोरी ठानेको दावी गर्दै त्यस्तो गरिए प्रधानमन्त्रीले त्यसको महंगो मुल्य चुकाउनु पर्ने चेतावनी दिए।
गतिरोध अन्त्यको प्रस्थान विन्दु प्रधानमन्त्रीको राजिनामा भएको भन्दै उनले त्यसपछि संविधान, शान्ति र निर्वाचनको रोडम्यापमा सहमति गरेर अगाडि बढ्नु पर्ने धारणा राखे ।
उनले आफूहरु अहिले देश ब्यापी रुपमा आन्दोलनको तयारी मा रहेको जानकारी दिदै छिट्टै सरकार विरुद्ध निर्णायक आन्दोलनको घोषणा हुने बताए ।
उनले आफैले घोषणा गरेको निर्वाचन गर्न नसक्ने, नेपालको परराष्ट्र सम्बन्धलाई असन्तुलित बनाउने, पार्टी फुटको बातावरण निर्माण गर्ने  र दलहरुवीच अविश्वास बढाएर सत्तामा टिकिरहने सरकारी रणनीतिकै कारण पनि अब सरकारले नैतिक धरातल गुमाईसकेको भन्दै प्रधानमन्त्रीलाई अझै बदनाम हुनु भन्दा राजिनामा दिएर बाँकी रहेको छवि जोगाउन सुझाव दिए।
भारतीय प्राज्ञ एसडी मुनीको कितावको रुपमा आएको माओवादी नेतृत्व प्रतिको आक्षेपले अब माओवादीलाई राष्ट्रियता र स्वाधिनताको कुरा गर्न नसुहाउने दावी गर्दै ज्ञावलीले राष्ट्रबादलाई सत्ताको खुड्किलो बनाउने दोहोरो मापदण्डको बारेमा नेपाली जनतालाई स्पष्ट पार्नु पर्ने धारणा ब्यक्तगरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा