चीनको सान्सीमा नेपालको झण्डा

१२ बैशाख २०७६, बिहीबार १०:१७ मा प्रकाशित

सुरेन्द्रबहादुर नेपाली, सियान, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।

राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुग्नुभएको थियो । यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ ।

त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो । फ्रान्सेली कम्पनी सोफिटेल लिजेन्डसँग व्यापारिक साझेदारीमा परिणत यस होटेलको नाम हाल सोफिटेल लिजेन्ड पिपल्स ग्रान्ड होटेल रहेको छ ।

सियान सान्सी प्रान्तको केन्द्र हो भने यसको जनसङ्ख्या करिब एक करोड भएको अनुमानगरिएको छ । सान्सी प्राप्तको जनसङ्ख्या तीन करोड ८० लाख भएको अनुमान गरिएको एक अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्

आजको प्रमुख समाचार