सुडानको सैनिक सरकारद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

११ बैशाख २०७६, बुधबार २२:५१ मा प्रकाशित

खर्तुम, ११ वैशाख (एएफपी)। सुडानको शासन सत्ता लिएको सैनिक परिषद्ले आन्दोलनकारीहरुलाई वार्तामा आउन बुधबार आह्वान गरेको छ ।

नागरिक सरकारको माग गर्दै आन्दोलनकारीहरुले लगातार आन्दोलन गर्ने घोषणा गरेपछि सैनिक परिषद्ले वार्ताका लागि आह्वान गरेको हो ।

“आन्दोलनरत स्वतन्त्रता र परिवर्तनका लागि गठबन्धनका नेताहरुलाई वार्ताका लागि राष्ट्रपति निवासमा सैनिक परिषद्ले आमन्त्रण गर्दछ,” परिषद्का तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ ।

विपक्षी तथा आन्दोलनकारीका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी सिधै सैनिक परिषद्का प्रमुख अब्देल फत्ताह अल बुर्हानसँग वार्ता गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

विपक्षी नेता ओमर एल डिगेरले भन्नुभयो, “हामी सिधै सैन्य परिषद्का प्रमुखसँग वार्ता गर्ने तयारी गरेका छौँ, आशा छ, वार्ताबाट निकास निस्कने छ ।”

यही अप्रिल ११ तारिखका दिन तत्कालीन राष्ट्रपतिलाई अपदस्त गरी सैनिक नेतृत्वले सत्ता हातमा लिएपछि सुडानमा आन्दोलन थप चर्किंदै गएको छ ।

उनीहरुले अहिलेको सैनिक सरकार परिवर्तन गरी नागरिक सरकार बनाउनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा मुलुकलाई लैजानुपर्ने माग गर्दै आएका छन् ।

उनीहरुको आन्दोलनप्रति देशी–विदेशी विभिन्न क्षेत्रबाट सहयोग र समर्थन बढ्दै गएपछि सैनिक शासकहरुले वार्ताका लागि तत्परता देखाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या