युनिटीका अध्यक्ष गुरुङ प्रहरी नियन्त्रणमा

१७ श्रावण २०६९, बुधबार १५:२१ मा प्रकाशित

काठमाडौं, १७ साउन । नेटवर्किङ व्यवसाउका नाममा सर्वासाधरण जनातालाई ठगी गरेको अभियोगमा प्रहरीको मस्टवन्टेड सुचिमा रहेका युनीटि लाइफ इन्टरनेष्नलका अध्यक्ष काशीराम गुरुङ पक्राउ परेका छन् । उनलाई प्रहरीले इलामको पशुपतिनगर नजिकको क्षेत्रबाट पक्राउ गरेको हो ।
अध्यक्ष गुरुङलाई पक्राउ गर्न ललितपुरका एसएसपी राजेन्द्रमान श्रेष्ठले प्रहरी निरीक्षक अवधेश विष्टको कमान्डमा प्रहरी टोली हिजो त्यस तर्फ पठाएका थिए । विष्ट नेतृत्वको टोलीले हिजो बेलुकी इलामको पशुपतिनगर आसपासबाट गरेका हुन् । गुरुङलाई हत्कडी लगाई भद्रपुरसम्म स्थलमार्गबाट र त्यहाँबाट हवाई मार्ग हुँदैै काठमाडौं ल्याइएको हो ।
लामो समयदेखि उनी भारतको सिक्किमस्थित आफन्तहरुकहाँ बस्दै आएका थिए । नेपाल प्रहरीले युनिटीका गुरुङसहित प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री अर्थ निर्देशक कृष्णबहादुर क्षेत्री र महेन्द्र केसीलाई  बिना इजाजत बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको (बैंकिङग कसुर) र ठगी मुद्धाको अनुसन्धानको लागि मोस्ट वान्टेड सूचिमा राखेको थियो । उनीहरुलाई प्रहरीले दुई वर्ष अघि देखि नै मोष्टवान्टेड सुचिमा राखेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा