बेलायत निवासी गैर आवासीय नेपाली गौरिकाले पौडीमा १२ स्वर्ण जितिन

११ बैशाख २०७६, बुधबार २२:३९ मा प्रकाशित

नेपालगञ्ज, ११ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा बेलायत निवासी गैर आवासीय नेपाली गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन आज नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् ।

उनले धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्ण पदक जित्न सफल भएको बताइन् । “राष्ट्रिय खेलकूदमा जितेको पदकले थप हौँसला मिलेको छ”, उनले भनिन् । गौरिकाले आज ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन् । यस अघि उनले सो दूरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन् । यस्तै एक सय मिटर ब्याकस्ट्रोकमा उनले नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण पदक जितेकी हुन् । उनले सो दूरी एक मिनेट आठ दशमलव ६२ सेकेण्डमा पूरा गरिन् । यस अघि गौरिकाले सो दूरी एक मिनेट नौ दशमलव ३० सेकेण्डमा पूरा गरेकी थिइन् ।

गौरिकाले महिला दुई सय मिटर व्यक्तिगत मिड्लेमा आफ्नै नाममा रहेको दुई मिनेट ३२ दशमलव ५१ सेकेण्डको रेकर्डमा सुधार गर्दै सो दूरी दुई मिनेट ३२ सेकण्डमा पूरा गरेकी हुन् । यस्तै उनले महिला चार गुणा एक सय मिटर रिलेमा समेत स्वर्ण पदक जितिन् । यसअघि पाँचौ राष्ट्रिय खेलकूदमा पौडी खेलाडी करिश्मा कार्कीले पनि १२ स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ

काठमाडौं । अञ्जन विष्टको बराबरी गोलसँगै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम