बार्सिलोना ला लिगा र कोपा डेल रेको उपाधि नजिक

११ बैशाख २०७६, बुधबार १२:०६ मा प्रकाशित

एजेन्सी, ११ बैशाख । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आलाभेसमाथि २–० को जित निकालेको छ । मंगलबार राति आलाभेसलाई उसकै घरेलु मैदानमा बार्साले पराजित गरेको हो । बार्साको जितमा काल्र्स एलिना र लुईस स्वारेजले एक/एक गोल गरे ।

यो जितसँगै बार्सिलोना ला लिगाको २६ औं उपाधि नजिक पुगेको छ । ४ खेल खेल्नबाँकी बार्साले एक खेल जिते उपाधि हात पार्नेछ । आगामी खेलमा बार्साले लिभान्टेसँग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाले कुनै खेल नखेले पनि उपाधि हात पार्ने अवस्था छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड बुधबार राती हुने भ्यालेन्सियासँगको खेलमा पराजित भएमा बार्साले कुनै खेल नखेलेपनि उपाधि जित्नेछ ।

ला लिगामा बार्सिलोना ८० अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिकोको ६८ अंक छ । रियल मड्रिड ६४ अंकसहित तेस्रो स्थानमा छ ।

बार्सिलोना कोपा डेल रे कपको पनि उपाधि नजिक छ । फाइनलमा बार्सिलोनाले भ्यालेन्सियासँग खेल्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका

आजको प्रमुख समाचार