राजनीतिक भेटघाटलाई तिव्रता दिए सिन्हाले

१७ श्रावण २०६९, बुधबार १५:१३ मा प्रकाशित

काठमाडौं, १७ साउन । ‘निजी भ्रमण’ भन्दै गत सोमबार बिहान काठमाडौं आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता यशवन्त सिन्हाले आज पनि राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् ।
राजनीतिक भेटघाटकै क्रममा सिन्हाले आज नेपाली कांग्रेसका नेता शुशिल कोइरालासंग उनकै निवास महाराजगञ्जमा भेटवार्ता गरेका छन् । भेटमा नेपालको पछिल्लो राजनीतिक गतिरोध र समाधानका प्रयासका बारेमा भइरहेका पहल लगायतका विषयमा सिन्हाले चासो राखेका थिए । जवाफमा कोइरालाले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने भन्दै राष्ट्रिय सहमतिय सरकार गठनका लागि पहल भइरहेको जानकारी गराएका थिए ।
एयर इण्डियाको उडानबाट अचानक राजधानीमा उत्रेका सिन्हाले आफू नितान्त व्यक्तिगत भ्रमणमा नेपाल आएको बताएका थिए । तर उनको अभिव्यतिmलाई सचेत राजनीतिक तप्काले पत्याएका थिएनन् । अत्यन्त सघन संक्रमणकालीन अवस्थामा नेपाल आएका प्रभावशाली भारतीय नेताको अगमन गैरराजनीतिक उद्देश्यका लागि हो भनी पत्याउन सकिने विÈय थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न