पर्वतारोहीलाई ड्रोन प्रयोग नगर्न पर्यटन विभागको आग्रह

११ बैशाख २०७६, बुधबार ०९:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ११ बैशाख । हिमाल आरोहणका लागि जाने आरोहीहरुले ड्रोन प्रयोग गरे पर्यटन विभागले कारबाही गर्ने भएको छ । पर्वतारोहणमा जाने पर्वतारोहीले अनुमति नै नलिई ड्रोन प्रयोग गरे विभागले कारबाही गर्ने चेतावनी दिएको हो ।

हिमाल आरोहणमा गएका आरोहीहरुले अनुमति नलिई ड्रोन प्रयोग गरेको पाइर्एपछि बोर्डले यस्तो चेतावनी दिएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमति नलिई चलाईएका ड्रोन जफत गरेपछि विभागले ट्राभल टे«किङ तथा पर्वतारोहण सम्बन्धी काम गर्ने एजेन्सीलाई समेत सचेत गराएको छ ।

विभागले एजेन्सीलाई आफु अन्तर्गत रहेर आरोहण गर्ने अनुमति लिएका पर्वतारोहीलाई अनुमति नलिइ ड्रोन प्रयोग गर्न नदिन निर्देशन दिएको छ । जुन ट्राभल वा ट्रेकिङ एजेन्सीबाट पर्वतारोहणका लागि गएको ओरोहीले अनुमति नै नलिई ड्रोन प्रयोग गर्छ सोही एजेन्सीलाई समेत कानून बमोजिम कारबाही गर्ने विभागको भेतावनी छ ।

विभागको सूचनाः 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९