अन्तर्राष्ट्रिय करातेमा नेपालको विजयी शुरुआत, रुपा रानाले स्वर्ण पदक जितिन

१० बैशाख २०७६, मंगलवार २१:२० मा प्रकाशित

निरा गौतम, पटना, १० वैशाख । भारतको बिहार राज्यको राजधानी पटनामा भइरहेको अन्तर्राष्ट्रिय खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस् कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालकी रुपा रानाले कातातर्फ स्वर्ण पदक जितेकी हुन् ।

सुर्खेत गुरुबाकोट नगरपालिकाकी रानाले यसअघि भारतकै पूणेमा सम्पन्न प्रतियोगितामा समेत स्वर्ण पदक जितेकी थिइन् । उक्त स्पर्धामा भारतकी अञ्जली कुमारीले रजत तथा भारतकै अनिता कुमारीले कास्य पदक जितिन् । बुधबार प्रतियोगिताका अन्य खेल हुनेछन् । प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायत देशका २२१ खेलाडी सहभागी रहेको अल इण्डिया कराते फेडेरेशनका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

उक्त च्याम्पियनशिपमा भाग लिन नेपालबाट जापान गोजुरियो कराते डो मिसन सङ्घका प्रमुख प्रशिक्षक केवी रानाको नेतृत्वमा टोली पटना आइपुगेको छ । टोलीमा २६ खेलाडी र नौ पदाधिकारी छन् । नेपालबाट विभिन्न उमेर समूह र तौल समूहमा रुपा राना, दिलमाया कोइराला, विपिन राना, सन्तु थारू, अमन सोती मगर, छिरिङ गुरुङ, दिलबहादुर बुढाथोकी र सन्दीप चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै अन्य खेलाडीमा सुमन परियार, सन्दीप चौधरी, शिवानी बस्नेत, विबिन गुरुङ, सुनिल रावल, रोशन राना, इशा सारु, आकृति राना, प्रियङ्का थापा, शाहिल गुरुङ, जीवन पुन, मिलन श्रीश, प्रसुन शाही, सरोज क्षेत्री, आदित्य क्षेत्री, विवेक सेन ठकुरी, गौरव पौडेल र अमीशा पोखरेल रहेका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल बलियो इराकसँग पराजित भएको छ । ताजकिस्तानको दुसन्बेमा भएको

काठमाडौं । अफगानिस्तानले टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेकाे छ ।सोमबार शारजाहमा भएको खेलमा स्पीनरद्वय मुजिब उर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

आजको प्रमुख समाचार