सरकार– राप्रपा वार्ता, हिन्दू राष्ट्र पुनःस्थापनाको मागनै उठेन

१० बैशाख २०७६, मंगलवार २१:१८ मा प्रकाशित

काठमाडौँ, १० वैशाख । सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको औपचारिक वार्तामा राप्रपाले राखेका मागका विषयमा प्रारम्भिक छलफल भएको छ । सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आजदेखि प्रारम्भ भएको वार्तामा सरकारले संविधानअनुसारका माग पूरा गर्न सकिने स्पष्ट गर्यो र सरकारका तर्फबाट वार्ताको संयोजकको भूमिका निर्वाह गर्नुभएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले भन्नुभयो, “ वार्ता सौहार्दपूर्ण रुपमा भयो, सरकारले संविधानअनुकूल हुने मागमा सम्बोधन गर्न सक्छ, हामी लामै छलफल गर्छाैँ ।” अर्काे वार्ता अर्को हप्ता हुने जनाइएको छ ।

वार्तामा सरकारका तर्फबाट वार्ताका संयोजक कानूनमन्त्री ढकाल तथा राप्रपाका तर्फबाट राप्रपाका नेतात्रय दीपक बोहरा, निरञ्जन थापा र भुवन पाठक सहभागी हनुहुन्थ्यो । राप्रपाका प्रवक्ता पाठकले वार्ता सकारात्मक भएको र आगामी बैठकमा थप छलफल हुने जानकारी दिनुभयो ।

राप्रपाले हिन्दू राष्ट्र पुनःस्थापनालगायत माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत फागुन ७ गते लिखित २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो । सोही मागका विषयमा छलफल गर्नका लागि सरकारले आजका लागि वार्तामा बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट वार्ताका लागि संयोजकमा कानूनमन्त्रीलाई तोक्नुभएको छ । कानूनमन्त्री ढकालले आजका लािग राप्रपालाई वार्तामा आउन लिखितपत्र पठाउनुभएको थियो । स्रोतका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरुले हिन्दू राष्ट्र पुनःस्थापनाको मागका विषयमा कुनै प्रस्ताव नराखेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ