चितवनमा सवारी दुर्घटनामा वृद्धि, नौ महीनामा ११९ जनाको मृत्यु

१० बैशाख २०७६, मंगलवार २१:११ मा प्रकाशित

चितवन, १० वैशाख । सवारीसाधनको चाप बढेसँगै चितवनमा दुर्घटनामा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७५-७६ को चैतसम्ममा २३० वटा दुर्घटनामा परी ११९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ४५३ जना घाइते भएका छन् ।

गत आवको सोही अवधिमा ९६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो । चालू आवमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल दुर्घटना परी ४९ जनाको मृत्यु भएको छ । यस्तै विभिन्न सवारीसाधनको ठक्करबाट ३० पैदलयात्रुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा बस दुर्घटनामा परी १८ तथा ट्रक, ट्याङ्कर तथा जिप, कार, भ्यान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका ३० पैदलयात्रीमध्ये आठको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत