सङ्गठित ठगीमा भारतीय र चिनियाँ नागरिक पक्राउ

१० बैशाख २०७६, मंगलवार २१:०५ मा प्रकाशित

काठमाडौँ, १० वैशाख । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले सङ्गठित रुपमा सामाजिक सञ्जालमा चिट्ठा पर्यो भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले फेसबुक, ह्वाट्सएप, भाइबर इमोलगायत सामाजिक सञ्जालको प्रयोग गरी रु ४० लाख ३९ हजार ठगी गर्ने भारत हरियाणाका ३९ वर्षीय अमित कुमार र चिनियाँ नागरिक वाङ हङछियालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले सामाजिक सञ्जालमार्फत चिट्ठा प¥यो भनेर विभिन्न बैंकमा पैसा जम्मा गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । “चिट्ठा ठगीका लागि नाइजेरियन, चिनियाँ र भारतीय नागरिकको संलग्न रहेकामा भारतीय नागरिक अमितको खातामा पैसा जम्मा गरी एकापसमा बाँडफाँट गरेर लिने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । घटनामा संलग्न दुई जनालाई पक्राउ गरे पनि नाइजेरियाली भने फरार रहेकाले खोजी भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

काठमाडौँ ।  छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।  ओमिक्रोनको ‘विएफाइभ’