युवा संघ आन्दोलनमा उत्रियो

१७ श्रावण २०६९, बुधबार ०९:५१ मा प्रकाशित

काठमाडौं, १७ साउन । एमाले भातृ संगठन युवा संघ बाबुराम भट्टराई सरकारको विस्थापनको माग गर्दै सडक आन्दोलन सुरु गरेको छ ।  राष्ट्रिय सहमति मार्फत् राजनीतिक निकास दिनका लागि प्रधानमन्त्री बाधक बनेको निष्कर्ष निकाल्दै विपक्षी दलको भातृसंगठन आन्दोलनमा उत्रिएको हो । संघले मंगलबार राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रधानमन्त्री भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको पुत्ला दहन गर्दै आधा घण्टा चक्काजाम र कोण सभा गर्‍यो ।

‘भ्रष्ट सरकारको विस्थापनका लागि हामीले सडकमा उत्रिनुपर्ने बाध्यता परेको हो’ संघका अध्यक्ष महेश बस्नेतले भने, ‘सरकरको विस्थापन नहुन्जेलसम्म  आन्दोलन रोकिदैन ।’ विपक्षी दलहरुको केन्दि्रय आन्दोलन सुस्ताइरहेको बेला भातृसंगठन सडकमा उत्रिएको हो । काग्रेस र एमालेको गठबन्धनले सरकारविरुद्घ  आन्दोलन घोषणा गरेपनि त्यो प्रभावकारी भएको छैन ।

संघले पहिलो चरणअन्तर्गत २४ गते सम्मका कार्यक्रम घोषणा गरेको छ । बुधबार राजधानीको बानेश्वर क्षेत्र, विहीबार र शुक्रबार काठमाडौका सबै निर्वाचन क्षेत्र र मुलुकभरका सदरमुकाममा आधा घण्टा चक्काजाम र विरोध सभाको कार्यक्रम छ । त्यस्तै शनिबार  उपत्यकामा मसाल जुलुस, आगामी आइतबार बिहान ६ देखि १० बजेसम्म उपत्यका बन्द, कार्यक्रम तथा सोमबार र मंगलबार  दुई दिन बिहान ६ देखि १० बजेसम्म नेपाल बन्दको कार्यक्रम रहेको संघले जनाएको छ ।

मँहगी, भ्रष्टाचार, युवा स्वरोजगार कोषमा भएको मनोमानी अन्त्य गर्नुपर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूको आर्थिक पारदर्शिता गराउनका लागि पहल गर्नुपर्ने लगायतका माग पनि संघले राखेको छ । संघले दुई साता अघि राजधानीमा  राष्ट्रिय कार्यकर्ता भेला गरी सम्पूर्ण गतिविधि सरकारविरोधी क्रियाकलापमा केन्दि्रत गर्ने निर्णय गरेको  थियो । संघले सहमतिको वातावरण तयार गरी निर्वाचनको जान माग गरेको छ । सरकार विस्थापन संगसंगै अन्य मुद्दाहरु पनि आन्दोलनका क्रममा उठाएको छ । संघले तत्कालै तराई-मधेस जागरण अभियान पनि संचालन गर्न लागेको छ । मधेस केन्दि्रत दलहरुले जनताका  काम नगरेको लगायका काण देखाउदै जनजागरण अभियान संचालन गर्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका