प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा मुद्धा दायर

१० बैशाख २०७६, मंगलवार १९:०२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० बैशाख । घरेलु मदिरा नियन्त्रण नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अदालतमा मुद्दा दायर भएको छ । कानून, न्याय तथा सामाजिक कल्याण मञ्चले प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री डाक्टर युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री मातृका यादव, स्वास्थ्य मन्त्री उपेन्द्र यादव विरुद्ध मुद्दा दायर गरेको हो । दायर भएको मुद्दामा प्रहरी प्रधान कार्यालय, आन्तरिक राजश्व विभाग र भन्सार विभागलाई पनि विपक्षी बनाईएको छ ।

मञ्चका अध्यक्ष तथा अधिवक्ता जगन्नाथ मिश्र, सुमिता डंगोल, सारदा गुरुङ र नविन कार्कीले मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्चले बैशाख १३ गते प्रारम्भिक सुनुवाईका लागि पेशी तोकेको छ ।

मदिरा ऐन, २०३१ अनुसार तयार पारिएको मदिरा नियमावली, २०३३ को नियम ७ को (घ) मा कसैले पनि एक पटकमा ५ लिटरसम्म रक्सि र १० लिटरभन्दा बढी जाँड उत्पादन गर्न नपाउने व्यवस्था छ ।

मदिरालाई संस्कृतिको अंगकै रुपमा लिएका समुदायले मात्रै जाँड र रक्सी उत्पादन गर्न पाउँने व्यवस्था छ । उनीहरुले बर्षमा ६ पटकसम्म ६० लिटर जाँड र ३० लिटर रक्सि उत्पदान गर्न पाउँछन् । घरेलु मदिराको अनधिकृत उत्पादन गर्नेलाई ६ महिनासम्म कैद वा एक लाखसम्म जरिवाना वा दुबै सजाय हुनेसम्मको प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।