आठौं राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिस टिम च्याम्पियन

१० बैशाख २०७६, मंगलवार १८:०९ मा प्रकाशित

भैरहवा, १० बैशाख । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित टिम च्याम्पियन बनेको छ।

नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ उत्कृष्ट बन्न सफल भएको छ । ६ स्वर्ण ४ रजत र ७ काश्य पदक सहित १४ पदक जित्दै नेपाली सेनाको टिम दोश्रो भयो । अर्को बिभागीय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत र ५ काश्यसहित १४ पदक जितेर तेस्रो भयो ।

२१ स्वर्णमध्ये १९ वटा स्वर्ण विभागीय टिमको पोल्टामा र रजतका २१ मध्ये १४ वटा बिभागिय टिमले नै जितेका छन् । स्वर्णका बाँकी दुई पदक प्रदेश १ र प्रदेश ५ ले प्राप्त गरेका छन्। प्रदेश १ ले १ स्वर्ण, ३ रजत र ५ काश्य गरी कुल ९ पदक सहित चौथो स्थानमा रहदा प्रदेश ५ ले १ स्वर्ण, १ रजत र ३ काश्य सहित ५ पदक जितेर पाँचौ स्थानमा रहे।

त्यस्तै प्रदेश २ ले १ रजत र ४ काश्य, प्रदेश ३ ले १ रजत ६ काश्य, सुदुर पश्चिमले १ रजत ३ काश्य र गण्डकी प्रदेशले ४ काश्य जित्न सफल भए। प्रतियोगितामा बेष्ट फाईटर पुरुषतर्फ नेपाली सेनाका सक्षम कार्की र बेष्ट फाईटर महिलातर्फ नेपाली पुलिसका रेजिना कार्की घोषित भए। यस्तै बेष्ट कोचमा नेपाल पुलिसका रञ्जन श्रेष्ठ घोषित भए।

मंगलबार समापन अघि भएका बिभिन्न ६ तौल समुहका खेलमध्ये पुरुष ५४ केजी तौल मुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपीएफका गणेश चौधरीले रजत पदक जिते। त्यसै गरी महिलाको ४६ केजी मुनि तौल समुहमा नेपाल पुलिसकी रेजिना कार्कीले स्वर्ण जित्दा सुदूर पश्चिम प्रदेशकी गिता कठेतले रजतमै चित्त बुझाईन्।

पुरुषको ५८ केजी मुनि तौल समुहमा प्रदेश ५ का गोबिन्द बहादुर आलेले स्वर्ण जित्दा एपीएफका चन्द्र रानामगरले रजत पदक जिते। पुरुषको ८७ केजी माथि तर्फ नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण जित्दा नेपाली सेनाका रामहरी महतले रजत जिते। महिलाको ४९ केजि मुनि तौलमा नेपाली सेनाकी युनिसा राईले स्वर्ण र एपिएफकी अस्मिता खडकाले रजत प्राप्त गरे। महिला ७३ केजी तौल माथि मनिता शाहीले स्वर्ण जितिन भने एपिएफकी शुष्मा गुरुंगले रजत जितिन्।

विजेता तथा उप विजेता टिम र उत्कृष्टहरुलाई नेपाल तेक्वान्दो संघ प्रदेश ५ का संयोजक कोशिष खडका, उपाध्यक्ष द्धय प्रकाश मान राजभण्डारी र पराग दास गोर्खाली र रुपन्देही जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बुढाप्रितीले ट्रफी र पुरस्कार सौजन्य गरेका थिए। प्रतियोगितामा पुम्से र स्पाईरिंग बिधामा गरी २ सय ४२ खेलाडी सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौ।पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’बीच दूरी बढेको छ । एमालेको

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, नेपाल बार एसाेसिएसन,

काठमाडौं । सन् २०२१ को टी-२० विश्वकप यूएइ र ओमानमा जारी छ। विश्वका चर्चित क्रिकेटर सहभागी छन्। हरेक क्रिकेटरको नाम चर्चामा आइरहेको