कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र ध्वस्तः मन्त्री यादव

१० बैशाख २०७६, मंगलवार १७:३९ मा प्रकाशित

सुर्खेत, १० बैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजनको नाममा स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सीटी स्क्यान सेवा शुरु गर्दै मन्त्री यादवले समायोजनले कर्मचारी तितरवितर हुँदा नागरिकलाई सास्ती दिएको बताए ।

‘कर्मचारी समायोजन आफैमा त्रुटि छ,’ मन्त्री यादवले भने, ‘जहाँ सेवा छ, त्यहाँ जनशक्ति हुनुको सट्टा सेवा आवश्यक नभएको क्षेत्रमा कर्मचारी खटाइएको छ ।’ अस्पतालमा डाक्टर अभावको प्रमुख कारण समायोजन भएको उनको जिकिर छ ।

‘कर्णाली र २ नम्बर प्रदेश विगतदेखि नै हेपाहमा परेको क्षेत्र हो,’ उनले भने, ‘यी प्रदेशलाई समुन्नत बनाउन प्रदेश सरकारलाई विशेष अधिकार दिएर जनतालाई डेलिभरीसहितको सेवा प्रवाह गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय