भूकम्पपछिको पुनर्निर्माण सक्न ४ खर्ब अपुगः प्राधिकरण

१० बैशाख २०७६, मंगलवार १७:०६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत प्रगति भएको दाबी गरेको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर पुनर्निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।

३ लाख ८२ हजार २ सय ७७ परिवारले घर बनाइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले २ लाख ३० हजार ५ सय ५८ परिवार निजी आवास पुनर्निर्माणको क्रममा रहेको जानकारी दिए । जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित जग्गा उपलब्ध गराउने व्यवस्था समेत मिलाएको उनको दाबी छ ।

भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको प्राधिकरणको दाबी छ । स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सकिएको प्राधिकरणको दाबी छ । प्राधिकरणले पुनर्निर्माणका लागि वित्तीय व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको सिइओ ज्ञवालीले बताए ।

पुनर्निर्माण र पुनर्स्थापनाको पञ्चवर्षीय योजनामा समग्र लागत ९ खर्ब ३८ अर्ब आँकलन गरिएकोमा आर्थिक वर्ष ०७४–०७५ मा कूल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ । यस्तै चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको सीईओ ज्ञवालीले जानकारी दिए । प्राधिकरणले पुनर्निर्माण सम्पन्न गर्न ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१