आठौँ राष्ट्रिय खेलकुदः पुरुष फुटबलमा आर्मी फाइनलमा

१० बैशाख २०७६, मंगलवार १६:०५ मा प्रकाशित

नेपालगञ्ज, १० बैशाख । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ । नेपालगन्ज रंगशालामा मंगलबार घरेलु टिम प्रदेश नम्बर ५ लाई ३–१ ले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।

प्रदेश ५ का खेलाडी दीपेन्द्र सिंह ठकुरीले आत्मघाती गोल गरेका छन् । दोस्रो गोल भने आर्मीका दीपकुमार लामाले ३१ मिनेटमा गरेका थिए । दोस्रो हाफमा दुई पटक पाएको पेल्नाटीलाई प्रदेश ५ का खेलाडी विनोद केसीले गोलमा परिणत गरी आर्मीलाई बराबरीमा रोकेका थिए ।

ट्राइब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । जितेन्द्र कार्की र दीपक गुरुङले गोल गर्न सकेनन् ।

प्रदेश ५ का कृष्ण रानाभाटले मात्र गोल गरे । दीपेनसिंह ठकुरी, चेतन चौधरी र विवेक पुनले गोल गर्न सकेनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति