पशुपतिको जग्गामा विमानस्थलको हालीमुहाली

१० बैशाख २०७६, मंगलवार १५:५२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० बैशाख । पशुपतिनाथ मन्दिर गुठीको जग्गामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रजाईँ देखिएको छ । गुठीले चलन चल्तीभन्दा न्यून मूल्यमा विमानस्थललाई जग्गा भाडामा लगाएको छ । गुठीको स्वामित्वमा रहेको एक हजार एक सय ६७ रोपनी जग्गा प्रयोग गरेवापत विमानस्थलले वार्षीक एक करोड २१ लाख रुपैयाँ तिर्दै आएको छ ।

तर विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले गुठीको सबै जग्गा सरकारकै भएकाले विमानस्थल पनि सरकारकै मातहतको संस्था भएकाले प्रयोग गरेको बताए ।

विमानस्थलले पशुपति क्षेत्र विकास कोषलाई प्रतिरोपनी मासिक आठ सय ६४ रुपैयाँ मात्रै तिर्दै आएको छ । विमानस्थलले कुल तिर्ने भाडालाई हिसाब गर्दा मासिक यति मात्रै पर्ने देखिएको हो । हाल विमानस्थलले प्रयोग गर्दै आएको धावनमार्ग, नेपाल आयल निगमको इन्धन भण्डारण कक्ष र गल्फकोर्ट भएको जग्गा पशुपतिनाथ गुठीको हो । २०३९ पुस २३ गते तत्कालीन पशुपति क्षेत्र सुधार तथा विकास समिति र तत्कालीन हवाई विभागबीच जग्गाभाडा सम्झौता भएको थियो ।

सम्झौतामा विमानस्थलले गुठीलाई जग्गामा उत्पादन हुने अन्न बराबरको पैसा बुझाउँथ्यो । २ वर्षअघिसम्म विमानस्थलले गुठीलाई वार्षिक २३ लाख रुपैयाँ बुझाउँदै आएको थियो । तर कोषले भाडादर समयसापेक्ष हुनुपर्ने भन्दै माग गरेपछि तिर्दै आएको भाडामा एक करोड रुपैयाँ थप गर्न विमानस्थल राजी भएको थियो ।

विमानस्थलका प्रवक्ता तिवारी गुठीको जग्गा प्रयोग गरेवापत विमानस्थलले पैसा नतिर्ने दाबी गर्छन् । ‘पैसा तिर्ने भन्ने कुरा हुँदैन, सरकारी जग्गा हो, सरकारकै अर्को निकायले प्रयोग गरेको हो’ उनले भने ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता प्रेमहरि ढुङ्गाना एउटै मन्त्रालय मातहतका संस्था भएकाले धेरै रकम दाबी गर्दापनि पाउन नसकिएको बताउँछन् । २ वर्ष अघि कोषले वार्षीक १० करोड रुपैयाँ पाउनुपर्ने माग गरेको थियो ।

२०३९ सालमा विमानस्थल विस्तार गर्दा गुठीको १२ सय रोपनी जग्गा प्रयोग भएको थियो । त्यसमध्ये २९ रोपनी १२ आना जग्गावापत गुठीले एकमुष्ट मुआब्जा लियो । बाँकी जग्गा भने भाडामा दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका