ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल पक्राउ

१० बैशाख २०७६, मंगलवार १३:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० बैशाख । ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल पक्राउ परेका छन् । काठमाडौँको गौशालास्थित इडेन गार्डेन नामक स्कुलको सञ्चालक समेत रहेका नेपालले घरबेटीलाई तिर्नुपर्ने भाडा चेकमार्फत भुक्तानी गरेकोमा सो चेक बाउन्स भएपछि पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले घरधनी नरेश कुमार न्यौपानेले दिएको उजुरीको आधारमा नेपाललाई मंगलबार पक्राउ गरिएको जानकारी दिए । नेपालले न्यौपानेलाई तिर्नुपर्ने ६ लाख पटक पटकको ताकेतापछि चेकमार्फत दिएको भएपनि बाउन्स भएपछि प्रहरीकहाँ पुगेको बताइएको छ ।

गौशालाबाट पक्राउ परेका नेपाललाई बैकिङ कसुरमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच नेपालले न्यौपानेले हिसाव गोलमाल गरेर आफूलाई फसाउन खोजेको दाबी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले