७१ करोड लागतमा भिमेश्वर नगरपालिकामा शहरी खानेपानी कार्यक्रम सुरु

१० बैशाख २०७६, मंगलवार १३:५४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० बैशाख । दोलखाको भिमेश्वर नगरपालिकामा शहरी खानेपानी कार्यक्रम सुरु भएको छ । खानेपानी तथा ढल निकास विभागले एशियाली विकास बैँकको अनुदान सहयोगमा देशका ५ नगरमा सुरु गरेको कार्यक्रम भिमेश्वरमा पनि सुरु भएको हो ।

गत चैत्रमा नगर विकास कोष, भिमेश्वर नगरपालिका र चरिकोट खानेपानि उपभोक्त तथा सरसफाइ समितिबीच सहमति भएसँगै आयोजनाको काम सुरु भएको हो । ७१ करोड ८२ लाख ३५ हजार लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य भईरहेको छ ।

सहमति अनुसार कुल लागतको २५ प्रतिशतले हुन आउने १७ करोड ९५ लाख ५८ हजार ७ सय ५० रुपैयाँ नगर बिकास कोषले उपभोक्ता समितिलाइ ऋण स्वरुप उपलब्ध गराउनेछ । नगर विकास कोषले उपलब्ध गराएको ऋण ५ प्रतिशत ब्याजदरमा उपभोक्ता समितिले २० बर्ष भित्र तिरिसक्नुपर्नेछ । बाँकि ७० प्रतिशत रकम सरकारले उपलब्ध गराउनेछ । ५ प्रतिशत रकम उपभोक्ता समितिले उपलब्ध गराउनुपर्नेछ । आयोजना सम्पन्न भएपछि प्रत्येक उपभोक्ताको घरघरमा दैनिक २४ घण्टा नै पानी उपलब्ध हुने धारा बन्नेछ । आयोजना ५ वर्षमा सम्पन्न भईसक्ने लक्ष्य लिईएको छ ।

आयोजनाबाट भिमेश्वर नगरपालिकाको वडा नम्बर १ देखि १० र वडा नम्बर १२ र १३ का गरी ३ हजार ८ सय ४२ घरधुरी लाभान्वित हुनेछन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको