सरकार र राप्रपाबीच आज वार्ता हुँदै

१० बैशाख २०७६, मंगलवार १३:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १० बैशाख । हिन्दू राष्ट्र र राजासहितको लोकतन्त्रका लागि आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच आज वार्ता हुँदैछ । २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राप्रपालाई सरकारले पत्राचार गरेर वार्तामा बोलाएपछि मंगलबार वार्ता हुने भएको हो ।

सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आइतबार वार्ताका लागि पत्र पठाएका थिए । सरकारले वार्ताका लवागी आह्वान गरेपछि राप्रपा वार्ताका लागि तयार भएको हो ।

सरकारसँग वार्ता गर्न राप्रपाले दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । वार्तामा सरकारसमक्ष पेश गरेको हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत मागका विषयमा छलफल गरिने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने