टुङ्गियो विद्युत् प्राधिकरणको दशकदेखिको मुद्दा

१७ श्रावण २०६९, बुधबार ०९:२० मा प्रकाशित

काठमाडौं, १७ साउन । नेपाल विद्युत् प्राधिकरण र सरकारका निम्ति लामो समयदेखि झमेलाको विषय बनेको एउटा मुद्दा हिजो मंगलबार टुङ्गिएको छ । कालीगण्डकी आयोजनाको निर्माण गर्ने ठेकेदार कम्पनी इम्प्रिजिलोले क्षतिपूर्ति र लागत वृद्धिको समेत गरी अर्बौं रकम माग गरी नेपाल र इटलीमा मुद्दा दायर गरेको थियो । करिब एक दशकदेखि चल्दै आएको मुद्दा मंगलबार पुनरावेदन अदालत पाटनमा मिलापत्र गरेर टुङ्गिएको छ । सम्झौताअनुसार इम्प्रिजिलोलाई साढे आठ मिलियन अमेरिकी डलर अर्थात् ७६ करोड पचास लाख रुपैयां मात्र बुझाउने भएको छ । त्यसबापतको कर भने नेपाल विद्युत् प्राधिकरणले नै व्यहोर्ने सम्झौता भएको छ । प्राधिकरण प्रमुखको जिम्मेवारी महेन्द्रलाल श्रेष्ठले पाउनुभएको महिना दिनमै क्रोनिक बनेर रहेको उक्त समस्या समाधान हुनुलाई श्रेष्ठको कार्यकालको ठूलो उपलब्धिका रूपमा लिइएको छ । ज्ञातव्य छ, महेन्द्रलाल श्रेष्ठ विगत डेढ महिनादेखि प्राधिकरणको कामु कार्यकारी निर्देशक हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो

विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको