राजपाभित्र महाधिवेशन र एकीकरणको बहस

१० बैशाख २०७६, मंगलवार ००:०६ मा प्रकाशित

सिबी अधिकारी, काठमाडौँ, ९ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टी एकताको महाधिवेशनको मिति घोषण, सङ्घीय समाजवादी फोरमसँगको पार्टी एकीकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गरेको छ ।

पार्टीको जारी पदाधिकारी समितिको बैठकमा एकताको महाधिवेशनको मिति घोषणा गरी विचार मिल्ने अन्य राजनीतिक शक्तिसँग एकीकरणबारे बहस चलाएको हो ।

बबरमहलस्थित पार्टी कार्यालयमा आइतबारदेखि शुरु भएको बैठकको आज दोस्रो दिन राजपा अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले महाधिवेशनसम्बन्धी प्रक्रिया एवम् तिथि, मितिको निर्धारणसहितका पाँचबुँदे एजेण्डा बैठकमा प्रस्तुत गर्नुभएको छ ।

महाधिवेशन सम्बन्धमा राजपाले दुई–दुई विकल्प प्रस्तुत गरेको छ । जसमा नियमित महाधिवशेन गाउँ, वडादेखि जिल्लामा चार महीनाभित्र गर्ने वा पार्टी एकताको महाधिवेशन एकदेखि डेढ महीनाभित्र गर्ने भन्नेबारे प्रस्ताव प्रस्तुत गरिएको छ ।

त्यस्तै संयोजक भण्डारीको प्रस्तावमा समसामयिक राजनीतिक र पार्टीको भावी कार्यदिशा, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा तथा आगामी काम कारवाही कसरी प्रभावकारी बनाउने सम्बन्धी प्रस्ताव छ ।

बैठकमा पार्टीको एकीकरण, मोर्चा र गठबन्धनसँग एकताको पहललगायत विविध प्रस्ताव प्रस्तुत भएको राजपाले जनाएको छ ।

आजको बैठकमा राजपा अध्यक्ष मण्डलका ६ जना सदस्यको बोल्ने क्रम सकिएको छ । भोलि मङ्गलबारको बैठकमा पार्टीका अन्य पदाधिकारीले आफ्नो धारणा राख्नेछन् । अध्यक्षमण्डलभित्र पार्टीको एकताको महाधिवेशनबारे मत बाझिएको छ । राजपाका एक पदाधिकारीले राससलाई दिएको जानकारीअनुसार संयोजक भण्डारी, नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो एकताको महाधिवेशनको पक्षमा हुनुहुन्छ भने राजकिशोर यादवले नियमित महाधिवेशन गर्नुपर्ने अडान लिनुभएको छ । यता महेन्द्रराय यादव र अनिल झा महाधिवेशनको पक्षमा देखिनुहुन्छ ।

बैठकको एजेण्डा एकता महधिवेशनको मिति तोक्ने, सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण कसरी गर्नेलगायत तय भएको छ । भोलिसम्म चल्ने बैठकबाट महाधिवेशनको मिति तय गर्नाका साथै पार्टी एकीकरणका बारेमा स्पष्ट धारणा आउने बताइएको छ । यही वैशाख ७, ८ र ९ गतेका लागि पार्टीको महाधिवेशन मिति तय गरेको थियो । तर तयारी नपुगेको भन्दै महाधिवेशन स्थगन गरेको थियो । विशेष अधिवेशन गर्ने कि पूर्ण महाधिवेशन गर्ने त्यसको विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

यसअघि बसेको अध्यक्षमण्डलको बैठकमा संयोजक शरत्सिंह भण्डारीले विशेष अधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए तर महेन्द्रराय यादवले त्यसको विरोध गरेपछि प्रस्ताव सर्वसम्मतिले पास हुन सकेका थिएन । त्यो विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ ।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्नाका साथै स्थानीय र प्रदेश सरकारको कामकारवाहीका बारेमा समीक्षासमेत हुने अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

आजको प्रमुख समाचार