फिलिपिन्समा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु

९ बैशाख २०७६, सोमबार १७:३७ मा प्रकाशित

९ बैशाख । फिलिपिन्सको उत्तरी भागमा ६.३ म्याग्निट्युडको भूकम्प गएको छ । भूकम्पमा परी दुईवटा भवन भत्किँदा ५ जनाको मृत्यु भएको छ ।

पोराक शहरमा भत्केको भवनबाट तीनवटा लाश निकालिएको छ भने लुबाओ शहरमा अर्को भवन भत्किँदा एक वृद्धा र उनको नाति थिचिएर मरेको प्रान्तीय गभर्नर लिलिया पिनेडाले बताएकी छन् । भूकम्पका कारण विद्युत् आपूर्ति ठप्प भएको छ ।

भूकम्पको केन्द्रविन्दु जाम्बालेस प्रान्तमा रहेको कास्टिलेजोस शहरमा रहेको फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी यान्ड सीस्मोलोजीले जनाएको छ । उक्त क्षेत्रमा रहेको एक एक्सप्रेसवे भत्किएको र पत्थर लडेको खबर छ । एक चर्च र केही घरहरू भत्केका छन् । सुनामीको सम्भावना नरहेको तर मानिसले परकम्पको अपेक्षा गर्न सकिने फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी यान्ड सीस्मोलोजीका निर्देशक रेनातो सोलिडमले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई