निर्मला हत्या प्रकरणमा प्रहरीलाई कारबाही गर्दा पनि जस पाइनः महानिरीक्षक खनाल

९ बैशाख २०७६, सोमबार १५:५८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ बैशाख । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रशासनले काम नगरेको आरोप लाग्नु दुखद भएको बताएका छन् । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा छानविन गर्ने क्रममा कमजोरी गर्ने प्रहरीलाई कारबाही गर्दा पनि आफूले जस नपाएको गुनासो गरे ।

आफ्नो एक वर्षे प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले निर्मला पन्तको काण्डमा अनुसन्धान भइरहेको बताए ।

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिईएको जानकारी दिए । उनले हत्या र यौन शोषणको आरोप लागेका लिटिल बुद्ध भनिने रामबहादुर बञ्जनविरुद्ध प्रणाण नपुगेकाले कारबाही नभएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१