सुन तस्करीको प्वालमा बुझो लगायौँ, अब तस्करी हुँदैनः प्रधानमन्त्री ओली

९ बैशाख २०७६, सोमबार १५:३४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सुन तस्करी हुँदै नहुने ठोकुवा गरेका छन् । सोमबार नेपाल कम्युनिस्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरका प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानन्त्री ओलीले अहिलेको सरकारले सुन तस्करीको प्वालमा बुझो लगाएको बताए ।

ओलीले भने, ‘हामीले आउँदाबित्तिकै प्वाल टाल्दियौँ, संलग्नलाई जेलमा हाल्दियौँ । अहिले उनीहरु जेलमा छन् ।’

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको पानी आएरै छोड्ने बताए । उनले भने, ‘ठेकेदार कम्पनी भाग्यो, केही समय ढिला होला तर मेलम्चीको पानी आउँछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार