‘आमाले स्पर्श गरेको माटो’ लोकार्पण

८ बैशाख २०७६, आईतवार २२:३२ मा प्रकाशित

काठमाडौँ, ८ वैशाख । कवि अच्युत घिमिरेद्वारा लिखित ‘आमाले स्पर्श गरेको माटो’ कविता सङ्ग्रह शनिबार लोकार्पण भएको छ । साहित्य सन्ध्याको नियमित मासिक ३९४ औं शृङ्खलामा विधान आचार्य र प्रा डा खेम दाहालले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएको हो ।
सानैमा आमाको स्नेहबाट वञ्चित कविले मातृस्नेह नपाउनाको पीडा वा दुखाइलाई कवितामा अभिव्यक्त गर्नुभएको आचार्यले बताउनुभयो । “कवितामा राजनीति, अहिलेको समयका साथै विपन्न वर्गले बाँचेको कष्टसाध्य जीवनवृत्तको जीवन्त चित्रण गरिएको पाइन्छ”, उहाँले भन्नुभयो ।
प्रा डा दाहालले कविता तिखारिएका, माझिएका, स्पष्ट वैचारिक धारसहितका भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति