अंकुशकी पत्रकार भन्दै हिसिलाले रहर गरेपछि भ्रमण संकटमा

१७ श्रावण २०६९, बुधबार ०८:०० मा प्रकाशित

काठमाडौं, १७ साउन । प्रधानमन्त्रीपत्नी हिसिला यमीले पत्रकारहरूको नेतृत्व गर्दै चीन भ्रमणमा जाने रहर गरेपछि भ्रमण सुरु नहुंदै विवाद उत्पन्न भएको छ । चीनले हिसिला यमीको नेतृत्वमा पत्रकारहरू सीताराम अग्रहरि, अजय राणा, अजयभद्र खनाल, कसमस विश्वकर्मा, किशोर नेपाल, सुधीर शर्मा, अखिलेश उपाध्याय किशोर श्रेष्ठ, तीर्थ कोइराला, महेन्द्र विष्ट र शिव गाउंले तथा प्रचण्ड–बाबुरामका फोटो ग्राफर दिनेश श्रेष्ठ र हिसिला यमीकी सहयोगी अरुणा रायमाझीलाई साउन ३२ गतेदेखि दश दिनसम्म चीनको भ्रमण गराउने कार्यक्रम बनाएको छ । हिसिला यमीले आफू ८ मार्च र अंकुश मासिक पत्रिकासंग सम्बद्ध रहेको दाबी गर्दै पत्रकारका रूपमा चीन भ्रमण गर्ने रहर गरेकी हुन् । त्यसरी प्रधानमन्त्रीपत्नी तथा माओवादी नेतृ हिसिलाको नेतृत्वमा चीन भ्रमण गर्ने कार्यप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाउंदै आफूसम्बद्ध पत्रकारहरूलाई त्यस्तो भ्रमणमा सामेल नहुन निर्देशन दिएको छ । यसरी मिडिया सोसाइटीले आपत्ति जनाएपछि पत्रकारहरू अजयभद्र खनाल, कसमस विश्वकर्मा, सुधीर शर्मा, अखिलेश उपाध्याय, तीर्थ कोइराला र महेन्द्र विष्ट भ्रमणमा नजाने सम्भावना बढेको छ । सुधीर शर्मा र अखिलेश उपाध्यायले गत सोमबार चिनियां राजदूतावास गई आफूहरू हिसिलाको नेतृत्वमा चीन भ्रमणमा सामेल हुन नसक्ने जानकारी गराएका छन् । उनीहरूले पत्रकारहरूको बेग्लै टोली बनाएको अवस्थामा मात्र चीन जाने जानकारी चिनियां दूतावासका अधिकारीहरूलाई दिएका छन् । प्रधानमन्त्रीपत्नी अर्थात् प्रथम महिलाले पत्रकारको रूप धारण गरी विदेश भ्रमण गर्न खोजेको नेपालको इतिहासमा पहिलो घटना हो । हिसिलाको यस्तो प्रयासलाई कूटनीतिक, राजनीतिक र पत्रकारिता क्षेत्रले हास्यास्पद मानेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने