मधेश अधिकार सम्पन्न हुनेछ: जनमत पार्टी अध्यक्ष राउत

८ बैशाख २०७६, आईतवार २२:३० मा प्रकाशित

नेपालगंज, ८ वैशाख । नवगठित जनमत पार्टीका अध्यक्ष डा सीके राउतले मधेशलाई अधिकारसम्पन्न बनाउन पार्टी गठन गरेको बताउनुभएको छ ।

बाँकेको जानकी गाउँपालिका– ६ गनापुरस्थित कपासीमा आयोजित आमसभामा डा राउतले भन्नुभयो, “सरकारसँग सम्झौतापश्चात मूलधारको राजनीतिमा आएपछि धेरैको पसल बन्द हुने अवस्था आएकाले मधेशमा राजनीतिको दोकान खोलेका मधेशवादी दलले सरकारसँग झुकेर सम्झौता गरेको भ्रम फैलाउने दुष्प्रयास गरिरहेका छन् । सरकारसँग गरेको सम्झौता ठूलो विजय हो ।”

सरकारसँग गरेको सम्झौतामाथि प्रश्न उठाउने हैसियत कुनै मधेशवादी दलका नेतामा नभएको उहाँको भनाइ थियो । उहाँले युवालाई रोजगार दिएर मधेशलाई आत्मनिर्भर बनाउनतर्फ आफू अग्रसर भएको बताउनुभयो । अध्यक्ष राउतले आजै हजरत सैयद शाह बाबा मेलाको उद्घाटनसमेत गर्नुभयो । उक्त मेला तीन दिनसम्म चल्ने मेला व्यवस्थापन समितिका अध्यक्ष बालकराम चौहानले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले स्थगित गर्न माग गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक स्थागित भएकोछ । प्रदेसभाको

आजको प्रमुख समाचार