सांसदलाई २ करोड पैसा बाड्ने गण्डकी प्रदेशको तयारी

८ बैशाख २०७६, आईतवार १६:२७ मा प्रकाशित

पोखरा, ८ बैशाख । गण्डकी प्रदेश सरकारले आगामी वर्षमा प्रति सांसद २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षको बजेट ल्याउने बेलामा नै सांसदहरुले निर्वाचन विकासको लागि रकम माग गरेपनि अर्थमन्त्री किरण गुरुङले सांसदहरुको काम नीति बनाउने भन्दै रकम दिन अस्वीकार गरेका थिए ।

तर, आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा भने संघीय सांसदहरुले पाउनेभन्दा आधा रकम प्रदेश सांसदहरुमार्फत खर्च गर्न पाउने व्यवस्था ल्याउन लागिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आईतबार प्रदेशसभा बैठक सम्बोधन गर्दै सांसदहरुको मागबमोजिम निर्वाचन क्षेत्रको लागि रकम छुट्याईने बताएका हुन् ।

मुख्यमन्त्री गुरुङले प्रत्यक्ष र समानुपातिक दुवै सांसदले रकम पाउने बताए । कार्यविधी बनाएर निर्वाचन क्षेत्र तोकेर रकम दिईने उनले बताए । उनका अनुसार प्रत्यक्ष र समानुपातिक दुवै सांसदहरुले निर्वाचन पूर्वाधार विकास कोष अन्तर्गत रकम पाउनेछन् । तर, प्रत्यक्ष र समानुपातिक सांसदले पाउने रकम भने फरकफरक हुनेछ । यसको लागि कार्यविधी बनाईने उनले बताए ।

गत असारमा सांसदहरुलाई कोष मार्फत पैसा खर्च गर्न दिने अख्तियारी दिँदा रकम दुरुपोग हुने भन्दै नदिएर वाहावाही कमाएको गण्डकी प्रदेशले आगामी आर्थिक वर्षमा भने सो अख्तियारी दिने तयारी थालेपछि आलोचकहरुले मुख्यमन्त्रीलाई केन्द्रीय दबाब आएको आँकलन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍याे । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गाेविन्द प्रसाद शर्मा (कोइराला)ले

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा हिजो (बिहीबार) भएको पालिका चुनावको मतगणना आज (शुक्रबार) देखि शुरु हुँदैछ । मतगणनाको लागि केहीबेरमा सर्वदलीय

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा