समाजवादका लागी सहकारी आवश्यकः प्रचण्ड

८ बैशाख २०७६, आईतवार १६:१८ मा प्रकाशित

चितवन, ८ बैशाख ।  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताउनुभएको छ ।

जिल्ला सहकारी सङ्घ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल पम्पको आज उद्घाटन कार्यक्रममा उहाँले समुदायमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । तीन खम्बे अर्थ नीतिअन्तर्गतको सहकारी अन्ततः सामाजिक न्यायसहितको आर्थिक समृद्धिको अनिवार्य सर्त भएको भन्दै उहाँले समाजवादोन्मुख राज्यको परिकल्पना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै प्रमुख राजनीतिक दल र नेताले राष्ट्रिय सहमतिका साथ एउटा सङ्कल्प गरेका छौँ, हामी सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ नेपाललाई लिएर जाने छौँ ।” संविधानले नै अर्थ नीतिको परिकल्पना गर्दा तीन खम्बे नीति भनेर सार्वजनिक, निजी र सहकारीको सहकार्यमा देशको अर्थतन्त्रलाई अगाडि बढाउने स्पष्ट निर्देश गरेको उहाँले बताउनुभयो ।

संविधानअनुसार नै आवश्यक नियम ऐन बन्ने प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो । दाहालले नेपालको पहिलो सहकारी बखान सहकारी चितवनमा नै रहेको भन्दै सहकारी अभियानको संस्थापक जिल्ला भएको पनि बताउनुभयो । देशमा विकास निर्माणका थुप्रै रेकड राख्ने काम हुँदै गएकोमा धेरै चितवनमा हुने भन्दै त्यसको पनि केन्द्र भरतपुर महानगर रहने बताउनुभयो । सो पम्प दर्ताको प्रक्रियामा आफूले समेत सहयोग गरेको दाहालको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

काठमाडौं। पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने