हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जेठमा

८ बैशाख २०७६, आईतवार १३:०२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ८ बैशाख । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जेठ २३ देखि २६ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । नेपाललाई साहसिक पर्यटनको केन्द्र र हिमालय प्रवेशद्धारको रुपमा चिनाउने उदेश्यले २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले यो मार्टको आयोजना गर्दै आइरहको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रियले पनि सहयोग गर्दै आएका छन् । पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट ब्राण्डिङ्ग हुँदै आइरहको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय मेलाका रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटनलाई विश्व सामु चिनाउने काम गरेको बताए । जोशीले नेपाल भ्रमण वर्षकोे सङ्घारमा आयोजना हुन लागेको मार्टले भ्रमण सफल बनाउन पनि सहयोग गर्ने बताए ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत ९चीन० र भुटान लगायत हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरीका, अष्ट्रेलिया, न्यूजिल्याड, रसिया तथा एशिया र अरब राष्ट्रका क्रेताहरुको सहभागता रहने बताए ।

यस अघि सन् २०१७ मा भएको मार्टमा ५३ देशका सय २५ प्रतिनिधिहरु र सन् २०१८ मा सम्पन्न भएको मेलामा ३६ देशका १ सय ७० प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।