नवनियुक्त न्यायाधीशलाई सर्वोच्चमा इजलास तोकियो

८ बैशाख २०७६, आईतवार ११:३३ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त पाँच न्यायाधीशलाई इजलास तोकेका छन् । आइतबार बिहान पद तथा गोपनीयताको शपथपछि न्यायाधीशहरुको पेसी तोकिएको हो ।

पाँच न्यायाधीशलाई यसअघि कार्यरत सिनियर न्यायाधीशको नेतृत्वमा संयुक्त इजलासमा पेसी तोकिएको छ । न्यायाधीश मनोजकुमार शर्मालाई दीपककुमार कार्कीसँग पेसी तोकिएको छ । पेसी तोकिएको १ नम्बर इजलासमा २५ मुद्दा छन् ।

न्यायाधीश हरि प्रसाद फुयाँललाई केदार चालिसेसँग पेसी तोकिएको छ । २ नम्बर इजलासमा तोकिएको पेसीमा ४२ मुद्दा छन् । न्यायाधीश कुमार रेग्मीलाई न्यायाधीश मीरा खड्कासँग र सुष्मालता माथेमालाई तेजबहादुर केसीसँग इजलास तोकिएको छ । त्यस्तै नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको न्यायाधीश सपना प्रधान मल्लसँग पेसी तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागमती ।बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले ५९

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्ने भएको छ । बुधबार मुख्यमन्त्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर गर्दै नयाँ सर्कुलर जारी गरेको छ । प्रचार विभाग प्रमुख