पार्टी एकता टुङ्ग्याउन नेकपा नेताको बैठक जारी, गाँठो फुकाउने प्रयासमा ओली र प्रचण्ड

८ बैशाख २०७६, आईतवार ११:१२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ८ बैशाख । पार्टी एकतालाई पूर्णता दिन नेकपाका शीर्ष नेताहरुबीच वार्ता जारी छ । ७० औँ पार्टी स्थापना दिवस पारेर एकता टुङ्ग्याउने प्रयासस्वरुप ४ शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भईरहेको हो । 

वार्तामा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल सहभागी छन् । एकता टुङ्ग्याउन अध्यक्ष ओलीले नेता माधव नेपालसँग पटक पटक छलफल गरेपनि सहमति भएको छैन ।

पार्टीको जिल्ला नेतृत्वको विषयमा ओली र नेपालबीच कुरा मिल्न सकेको छैन । एमालेले अध्यक्ष पाउने जिल्लाहरुमा ओली निकट समूहले एकलौटी नेतृत्व लिन खोजेको र सोही अनुसार सिफारिस भएको भन्दै नेपाल समूह रुष्ट छ ।

७७ मध्ये ४५ जिल्लाको नेतृत्व तत्कालिन एमाले र ३२ जिल्लाको नेतृत्व तत्कालिन माओवादी केन्द्रले लिने आन्तरिक सहमति छ । एकताका लागि अध्यक्ष दाहालले भने जनप्रतिनिधिलाई जिल्ला नेतृत्वमा नल्याउने यसअघिको निर्णय संसोधन गर्ने प्रस्ताव राखेका छन्, त्यसमा ओली र नेपाल दुबै सकारात्मक देखिएका छन् ।

पार्टीको स्थापना दिवस बैशाख ९ गते हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने