आईपीएलमा दिल्ली सामू पन्जाब निरिह, सन्दीप बने ‘स्टाइलिस प्लेयर’

८ बैशाख २०७६, आईतवार १०:१७ मा प्रकाशित

दिल्ली, ८ बैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनायो । 

जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ । दिल्ली तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ ।

दिल्लीको तर्फबाट कप्तान श्रेयस अएरले ४५ बलको सामना गर्दै सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । हालसम्म आईपीएलको जारी सिजनमा उनले १२ अर्धशतक बनाईसकेका छन् । पृथ्वी शाले ११ बलमा १३ रन, शिखर धवनले ४१ बलमा ५६, ऋषभ पन्तले ७ बलमा ६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाए ।

पन्जाबका लागी हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिए । मोहम्द शमीले एक विकेट लिए ।

दिल्लीका लागी सन्दीप लामिछानेले ४० रन खर्चेर ३ विकेट लिए । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २/२ विकेट लिए ।सन्दीपले स्टाइलिस प्लेयर अफ द म्याच बन्दै एक लाख भारु पुरस्कार समेत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई

लन्डन । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल

जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा